शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

प्रधानमन्त्री दाहालको निर्देशनपछि लालपुर्जा पाउने आशमा भुम्लुवासी

images
मंगलबार, चैत १३ २०८०
images
प्रधानमन्त्री दाहालको निर्देशनपछि लालपुर्जा पाउने आशमा भुम्लुवासी

'प्रधानमन्त्रीले लालपुर्जा दिनु भन्ने निर्देशन दिनुभएको सुनियो। उहाँले नै चासो दिएपछि अब पुर्जा पाउनेमा ढुक्क भएका छौँ', स्थानीयले भने।

images
images

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन्।

images
images
images

विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ८ का करिब एक हजार दुई सय परिवार ४९ वर्षदेखि लालपुर्जाका पर्खाइमा रहेका हुन्। विसं २०३२ को नापीअनुसारको नक्सा र हालको जमिनको वास्तविक अवस्था फरक भएकाले तत् समयमा नाप, नक्सा भएको फिल्डको व्यहोरा, जमिनमा परिवर्तन भएको अवस्थाका कारण स्थानीयलाई लालपुर्जा दिने पटकपटकका प्रयास असफल हुँदै आएका छन्।

images
images

'प्रधानमन्त्रीले हामीलाई लालपुर्जा दिनु भन्ने निर्देशन दिनुभएको सुनियो, हामी आशा गरेर बसेका छौँ', ८ नं वडाका वृद्ध चित्रबहादुर श्रेष्ठले भने। उनका अनुसार विसं २०३२ देखि यहाँका बासिन्दाले जग्गा धितो राखेर केही काम गर्ने, नामसारी गरेर बिक्री गर्नसमेत पाएका छैनन्। उनले भने, 'सरकारलाई तिरो तिरेका केहीले बिक्री गरेका छन्, त्यो पनि तिरोको रसिदका आधारमा मात्रै, तर उनीहरुसँग जमिनको लालपुर्जा छैन।'

images
images

२०३२ सालमा विवाद भएपछि पुनः स्थानीय र केही अग्रजको नेतृत्वमा भएको प्रयासले विसं २०३५ मा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि जाँदा सिमानाको विषयमा दुई गाविसबीच झैझगडा भएपछि थप काम नभएको र लालपुर्जा वितरणको काम रोकिएको थियो।

यही चैत ६ गते प्रम दाहालले प्रतिनिधिसभामा काभ्रेपलाञ्चोकको सांसद गोकुल बाँस्कोटाले सोधेको प्रश्नको जवाफ दिँदै भुम्लु गाउँपालिकामा विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नपाएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका थिए।

'काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले करिब ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा छ जानकार छु, 'त्यस क्षेत्रमा २०३२/३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भइसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन, त्यहाँ बाँकी काम शीघ्र सम्पन्न गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न निर्देशन दिइसकेको छ', प्रम दाहालले जवाफमा भनेका थिए। 

भुम्लु ७ का रामप्रसाद खरेलले केही समयमा आफ्नो जमिनको लालपुर्जा पाउनेमा खुसी भएको बताए। उनले भने, 'प्रम प्रचण्डले नै चासो दिएपछि अब पुर्जा पाउनेमा ढुक्क भएका छौँ।' उनले भुम्लुको समस्यालाई यसअघि कसैले पनि गम्भीररुपमा नलिएकाले आधा शतकसम्म लालपुर्जाविहीन अवस्थामा रहनुपरेको दुखेसो पोखे। सोही वडाका रमेश खरेलले लामो समयपछि लालपुर्जा पाउने आशमा बसेका भुम्लुवासीमा आशा पलाएको बताए।

साविकको पिपलटार गाविस विभाजन हुँदा भुम्लुटार र फलाँटे गाविस दुवैमा ‘टार’ भन्ने स्थानको खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयको विवादले विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका तत्कालीन नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो।

गाउँमा झगडा भइ नापी टोली फर्किएको करिब ३५ वर्षपछि २०७१ माघमा नापी कार्यालयले गाउँमै स्थानीयको निवेदन संकलन र जग्गाको फिल्ड निरीक्षण, कित्ताकाट, जग्गाको फिल्ड-बुक कायम गर्दै लालपुर्जा तयार पार्ने काम सुरु गरे पनि विविध कारणले त्यति बेला पनि समस्या समाधान गर्न भने सकेको थिएन।

लामो समयदेखिको समस्या सुल्झाउने उपायस्वरुप २०७९ चैत महिनामा भुम्लुका नागरिकको तत्कालीन अवस्थाको जग्गाको लिखत उतारिएको थियो। त्यसयता पनि सरोकारवाला निकायले कुनै पहल गरेका थिएनन्।

तत्कालीन नक्सांकनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीन परिवारले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदनसमेत दर्ता गरेका थिए।

यसअघि लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको जनाइँदै आइएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend