शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

ग्लोबल मनी वीकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित

images
मंगलबार, चैत १३ २०८०
images
ग्लोबल मनी वीकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, १९ सयभन्दा बढी विद्यार्थी लाभान्वित
images
images

काठमाडौं- नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम गरेको छ।

images
images
images

वित्तीय साक्षरता अभिवृद्धि गर्न हरेक पटक नयाँ-नयाँ कार्यक्रमहरू अघि सार्दै आएको नबिलले ’ग्लोबल मनी वीक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो।

images
images

मार्च १८ देखि २४ गतेसम्म विश्वभर 'प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर' भन्ने मूल नाराका साथ ग्लोबल मनी वीक सञ्चालन गरिएको थियो। यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा १९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

images
images

युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको नबिल बैंकले ग्लोबल मनी वीकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरेको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको जनाएको छ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६ सय ७३ भन्दा बढी विद्यार्थीले लाभ उठाएका थिए। त्यस्तै मधेस प्रदेशका २ सय २० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएका थिए भने बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४ सय २५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।

साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि र्‍यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए। लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभान्वित भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन्।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम गरिएको थियो। गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको हो। कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बीच दुई तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो।

बैंकका अनुसार अन्तिम नतिजा यसै साता घोषणा गरिँदैछ। यस कार्यक्रमअन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने नबिल बैंक पोखरा शाखाले जनाएको छ।

नबिल बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै सामाजिक उद्यमशीलता वीकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ। युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ।

नबिल बैंक नेपालको अग्रणी बैंक हो। बैंकले देशभर २ सय ६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटीएममार्फत २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend