काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको दुबैको मूल्य बढेको छ। सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर मंगलबारका लागि ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ। सोमबार ११ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।