शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजना अन्तिम चरणमा

images
मंगलबार, चैत १३ २०८०
images
बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजना अन्तिम चरणमा

नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारका बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन्।

images
images

म्याग्दी- बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित सात वटा आयोजनाको काम चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोड रूपैयाँको लागतमा योजना सञ्चालन गरेको थियो।

images
images

बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माण अन्तिम चरणमा रहेको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए।

images
images

'गलेश्वर, राममन्दिर, पर्वत बेनी र बगरफाँटको योजना सम्पन्न हुने चरणमा छन्', उनले भने, 'बेनी नगरपालिका-२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।'

नौ करोड ४५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको रौताह-बीएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका-८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ। सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मंगलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजित पर्खाल निर्माण भएको थियो।

मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल बनाउन गत वर्ष पाँच करोड ७७ लाख रूपैयाँमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। बर्खा अघिनै काम सकिने निर्माण कम्पनीका सञ्चालक सुरेश खड्काले बताए।

बेनी नगरपालिका-२ स्थित बेनी-बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजित पर्खाल बनाउन दुई करोड ३० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले निर्माण सकेको छ। बेनी नगरपालिका-९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बीआरटीले दुई करोड ६८ लाख रूपैयाँमा ठेक्का लिएको योजना अन्तिम चरणमा छ। जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाख रुपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले निर्माण सम्पन्न गर्ने चरणमा छ।

कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला गाउँपालिका-२ को राममन्दिरमा पक्की पर्खाल बनाउन चार करोड ३२ लाख रूपैयाँमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले कम्पोजित पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ।

पर्वतको जलजला गाउँपालिका-३ वारीबेनीमा नदी नियन्त्रणका लागि ८४ मिटर लामो र आठ मिटर अग्लो कम्पोजित पर्खाल निर्माण सुरु भएको छ। गत असारमा रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको तीन महिनामै काम सम्पन्न गर्ने चरणमा रहेको प्रतिनिधि राजकुमार श्रेष्ठले बताए।

रुपाताल एकीकृत विकास संरक्षण परियोजनाका प्रमुख कालीबहादुर शाहीले गत आर्थिक वर्षमा स्वीकृत भएको एक अर्ब १९ करोड रूपैयाँको डीपीआर अनुसार बाँकी ठाउँमा नदी नियन्त्रणका लागि बजेट र योजना माग गरिएको बताए।

नदी नियन्त्रण आयोजनाले तीव्रता पाएसँगै म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारका बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन्। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend