शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वित्तीय सचेतना जगाउँदै कामना सेवाले मनायो 'ग्लोबल मनी वीक'

images
मंगलबार, चैत १३ २०८०
images
वित्तीय सचेतना जगाउँदै कामना सेवाले मनायो 'ग्लोबल मनी वीक'

हाल बैंकले देशभर रहेका आफ्ना १ सय ३५ शाखा सञ्जालमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरुवात भइ मार्च २४ मा सम्पन्न भएको छ।

images
images
images

बैंकले यस अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ।

images
images

बैंकको सातै प्रदेशद्वारा देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा स-साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको बैंकले जनाएको छ।

images
images

बैंकका अनुसार उक्त कार्यक्रमहरुमा बैंकिङ सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोबार, यसका अवसर तथा चुनौतीहरुको बारेमा जानकारी प्रदान गरिएको थियो। 

बैंकको कुन विभागमा के-कस्तो कार्यहरु हुन्छ भन्ने जिज्ञासाका लागि बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशमा विभिन्न शाखाले विद्यार्थीहरुलाई बैंकको भ्रमण गराइएको बैंकले जनाएको छ। त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारीसहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ।

आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यको लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिंकमा क्लिक नगरी सचेत रहन तथा ओटीपी/पिन गोप्य राख्ने सामग्रीहरु प्रस्तुत गरी ग्लोबल मनी वीक सम्पन्न गरिएको बैंकले जनाएको छ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु ग्राहकहरुलाई प्रदान गरिरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend