शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बुटवलका उद्योगी व्यापारी लक्षित कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

images
मंगलबार, चैत १३ २०८०
images
बुटवलका उद्योगी व्यापारी लक्षित कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १ सय ५० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ।

images
images

काठमाडौं- कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी वीक २०२४ का अवसरमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

images
images
images

कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १ सय ५० जनाको उपस्थिति रहेको बैंकले जनाएको छ।

images
images

बैंकका सञ्चालक भिमप्रसाद तुलाचनको अध्यक्षतामा चैत १० मा सम्पन्न उक्त कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो। बैंकका अनुसार लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानून विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए।

images
images

आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाइन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो।

उक्त डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरे।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend