शुक्रबार, माघ ११ गते २०८१     ६ : ०९ : ०२
शुक्रबार, माघ ११ २०८१
images
images

गैरकानूनी रुपमा नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिक पक्राउ

images
मंगलबार, चैत १३ २०८०
images
images
गैरकानूनी रुपमा नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिक पक्राउ

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भइ हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

images

उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले बंगलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानूनी ढंगले बसोबास गर्नाका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो।

images
images
images

पक्राउ परेकामध्ये विश्वास र मियाँलाई चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, चैत १३ २०८०१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend