सोमबार, जेठ ७ गते २०८१    
images
images

एनआईसी एसिया बैंकद्वारा बीमाबापतको १ करोड २० लाख रकम भुक्तानी

images
मंगलबार, चैत १३ २०८०
images
images
एनआईसी एसिया बैंकद्वारा बीमाबापतको १ करोड २० लाख रकम भुक्तानी

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवार सदस्यलाई बैंकले बीमा कम्पनीहरुले प्रदान गरेको १ करोड २० लाख रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकले बचत खातामा उपलब्ध बीमाबापतको १ करोड २० लाख रकम भुक्तानी गरेको छ।

images
images
images

बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २०८० असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमाबापत सातजना र दुर्घटनामा परेका पाँचजना गरी कुल १२ जनालाई उक्त रकम भुक्तानी गरेको हो।

images

आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी खातावालाहरूलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले १ करोड २० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।

images
images

बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका निज ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो।

images
images

यस बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटवल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजयकुमार गुरुङलाई दुर्घटना बीमाबापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईँलाई घातक रोग बीमाबापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ७० लाख रकम प्रदान गरिएको हो।

उनीहरुले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए।

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैयालाल चौधरीले दुर्घटना बीमाबापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ५० लाख रूपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्राप्त गरेको बैंकले जनाएको छ।

प्रमुख सूचना अधिकारी खनियाका अनुसार एनआईसी एसिया बैंकको बीमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रूपैयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ।

जसमध्ये घातक रोग बीमाबापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमाबापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमाबापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ। जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन्।

उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रूपैयाँसम्म र ओपीडी उपचारको लागि ८० हजार रूपैयाँसम्म बीमा लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १३ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend