शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
मंगलबार, चैत १३ २०८०
images
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतितोला दुईसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो। 

images
images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार चारसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ८ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार सोमबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदी पनि मंगलबार प्रतितोला १० रूपैयाँले सस्तिएको छ। चाँदी आज प्रतितोला एक हजार पाँचसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, चैत १३ २०८०१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend