शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कृषि सेड निर्माणको रकम हिनामिना गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
सोमबार, चैत १२ २०८०
images
कृषि सेड निर्माणको रकम हिनामिना गर्ने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराइ नौ लाख ७७ हजार बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख सुनिलकुमार यादवलाई बिगो बमोजिमको कारबाहीको माग गरिएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलंगवा सर्लाहीबाट आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ।

images
images

फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराइ नौ लाख ७७ हजार १६ रूपैयाँ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारबाहीको माग गरिएको छ।

images
images

यस्तै तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महत्तो कोइरीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय, व्यवस्थापक जयनन्दन राय यादव विरुद्ध पनि नौ लाख ७७ हजार १६ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, चैत १२ २०८०१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend