शनिबार, साउन १२ गते २०८१    
images
images
images

सरकारले गर्‍यो ६ खर्ब ११ अर्ब ट्रेजरी बिलको नवीकरण, २५ अर्ब जारी गर्दा ५८ अर्ब भुक्तानी

images
मंगलबार, चैत १३ २०८०
images
images
सरकारले गर्‍यो ६ खर्ब ११ अर्ब ट्रेजरी बिलको नवीकरण, २५ अर्ब जारी गर्दा ५८ अर्ब भुक्तानी
images

काठमाडौं- चालु आर्थिक वर्ष सरकारले परिपक्व भएका ६ खर्ब ११ अर्ब ७ करोड ३६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको छ। बैंकिङ प्रणालीमा तरलता सहज भएको र ब्याजदर घट्दै गएकाले यस अवधिमा नवीकरण भएको ट्रेजरी बिलले सरकारको ब्याज दायित्व कम गर्न सहयोग पुग्ने देखिन्छ। 

images
images

गत आर्थिक वर्षको पुस १२ मा ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर सबैभन्दा धेरै ११.९५ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्ष भदौ ५ गते भएको बोलकबोलमा ३६४ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर यो वर्षकै उच्चतम बिन्दु ६.४३९३ प्रतिशत कायम भएको थियो। त्यसयता ३६४ दिने ट्रेजरी बिलको ब्याजदर निरन्तररुपमा घटिरहेको छ।

images

राष्ट्र बैंकले गरेको पछिल्लो बोलकबोलका आधारमा यस्तो ट्रेजरी बिलको भारित औषत ब्याजदर ३.३२ प्रतिशत कायम भएको छ।

२०७९ साउन १० मा नै ९१ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर १२ प्रतिशत पुगेको थियो। चालु आर्थिक वर्ष सरकारले ६.१६ प्रतिशत भारित औषत ब्याजदरमा ९१ दिने ट्रेजरी बिल नवीकरण गरेको थियो। पछिल्लो समय ९१ दिने ट्रेजरी बिलको  भारित औषत ब्याजदर घटेर २.९८ प्रतिशतमा आएको छ। 

images

यस्तै २०७९ साउन १० गते ११.३४ प्रतिशत कायम भएको २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर पछिल्लो समय २.४८ प्रतिशत कायम भएको छ। २०७९ पुस १२ गते १८२ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर अधिकतम बिन्दु ११.९८ प्रतिशतको बिन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको चैत ६ गते भएको बोलकबोलमा यस्तो ट्रेजरी बिलको ब्याजदर ३.१० प्रतिशतमा कारोबार भएको छ।  

सरकारले चालु आर्थिक वर्ष नयाँ ट्रेजरी बिल जारी गर्नेभन्दा पनि परिपक्व भएका ट्रेजरी बिल भुक्तानीलाई प्राथमिकतामा राखेको छ।

गत माघ २३ गतेसम्ममा परिपक्व भएका ट्रेजरी बिलमध्ये ५७ अर्ब ८७ अर्ब रुपैयाँ बराबरको भुक्तानी दिएको छ। चालु आर्थिक वर्ष सरकारले १४ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिलको भुक्तानी दिएको छ। 

यस्तै यस अवधिसम्म राष्ट्र बैंकले ३६ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलको भुक्तानी दिएको छ। परिपक्व भएका ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिलको पनि सरकारले भुक्तानी गरेको छ। 

चालु आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले पहिलोपटक ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल जारी गर्ने भएको छ। ब्याजदर निरन्तररुपमा घट्दै गएकाले राष्ट्र २८ दिने ट्रेजरी बिलको सट्टामा ९१ दिने, १८२ दिने र ६६४ दिने नयाँ ट्रेजरी बिल जारी गरेको थियो। चालु आर्थिक वर्ष राष्ट्र बैंकले ट्रेजरी बिलभन्दा पनि विकास ऋणपत्रलाई प्राथमिकता दिएको छ। 

यसअघि राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिको ट्रजरी बिल जारी गर्दै २५ अर्ब रुपैयाँ सरकारलाई आन्तरिक उठाइदिएको छ। राष्ट्र बैंकले मंसिर ५ गते ३ अर्ब रुपैयाँ, माघ १० गते ५ अर्ब रुपैयाँ र फागुन गते १५ अर्ब रुपैयाँ गरी १३ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गरेको छ। 

यस्तै मंसिर २६ गते ४ अर्ब रुपैयाँ र पुस २४ गते ३ अर्ब रुपैयाँ गरी ७ अर्ब रुपैयाँ बराबको १८२ दिने ट्रेजरी बिल जारी गरेको छ। चालु आर्थिक साउन २३ गते २ अर्ब रुपैयाँ र असोज २ गते ३ अर्ब रुपैयाँ गरी ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गरेको छ।
 
यस्तै राष्ट्र बैंकले मंगलबार १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल, ६ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ। 


प्रकाशित : मंगलबार, चैत १३ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend