शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईंको पक्षमा रिट जारी

images
सोमबार, चैत १२ २०८०
images
मेडिकल कलेजको सम्बन्धनका लागि दुर्गा प्रसाईंको पक्षमा रिट जारी

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले रिट जारी हुने फैसला गरेको हो।

images
images

काठमाडौं- झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन बाटो खुल्नेगरी सर्वोच्च अदालतबाट फैसला भएको छ। 

images
images
images

आशयपत्रका आधारमा लगानी गरी पूर्वाधार तयार पारेपछि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयविरुद्ध मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतले रिट जारीको फैसला गरेको हो।

images
images

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाएर दुईवटा रिट दायर गरेका थिए। 

images
images

प्रसाईंको बीएण्डसी मेडिकल कलेजसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको थियो। सोमबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले फैसला जारी गरेको छ। 

झापा, इलाम, पाँचथर र ताप्लेजुङलगायत पूर्वका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा सुरु गरेको हो। जसमा ‘मेडिकल कलेज’को सम्बन्धनको पर्खाइ भइरहेको थियो। 


प्रकाशित : सोमबार, चैत १२ २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend