शनिबार, असोज ५ गते २०८१    
images
images

विरुमुथु ठगीमा जोडियो एनएमबी बैंक, लगानी नै नभएकालाई ५० लाख कित्ता सेयरको प्रमाणपत्र

images
सोमबार, मंसिर २७ २०७८
images
images
विरुमुथु ठगीमा जोडियो एनएमबी बैंक, लगानी नै नभएकालाई ५० लाख कित्ता सेयरको प्रमाणपत्र

प्रहरीले फेला पारेको कागजातमा विरुमुथु एनएमबी बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको ‘मालिक’ रहेको फेला परेको हो। 

images
images

काठमाडौं- मलेसियन मुलका भारतीय नागरिक शिवम विरुमुथुको ठगी प्रकरणमा एनएमबी बैंक पनि जोडिएको छ। ठगी प्रकरणमा भएको अनुसन्धानमा महानगरीय प्रहरी परिसरले यस्तो तथ्य फेला पारेको हो।  

images
images
images

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका ४४ वर्षीय विरुमुथुमाथिको अनुसन्धानका क्रममा ठगीको मुख्य ‘मतियार’ एनएमबी बैंक रहेको प्रहरीले फेला पारेको हो। यो मुद्दामा प्रहरीले एनएमबी बैंकका कर्मचारीलाई समेत प्रतिवादी बनाएको छ।

एक रुपैयाँको सेयर नभएकालाई एनएमबीले बनाइदियो ५० लाख कित्ताको मालिक रहेको प्रमाणपत्र समेत दिएको तथ्य खुलको छ।

प्रहरीले फेला पारेको कागजातमा विरुमुथु एनएमबी बैंकको १५ प्रतिशत अर्थात् ५० लाख कित्ता सेयरको ‘मालिक’ रहेको फेला परेको हो। 

images

एनएमबी बैंकमा मलेसियन कम्पनी योङ लियानको १५ प्रतिशत सेयर स्वामित्व छ।

यसैगरी विरुमुथुले एक जना चिकित्सकलाई पोखरास्थित मणिपाल अस्पतालको साझेदार बनाइदिने प्रलोभन देखाएर ५० लाख रुपैयाँ ठगी गरेको समेत प्रमाण फेला परेको छ।


प्रकाशित : सोमबार, मंसिर २७ २०७८१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend