शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एसियाली राजमार्ग निर्माण : पश्चिम खण्डमा थालियो रुख कटानको काम

images
सोमबार, चैत १२ २०८०
images
एसियाली राजमार्ग निर्माण : पश्चिम खण्डमा थालियो रुख कटानको काम

पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको छ।

images
images

झापा- एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ।

images
images
images

पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौंको जैन सीआर, एफ जि टुडी कम्पनीले पाएको छ।

images
images

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सीआर, एफ जी टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए।

images
images

पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए।

एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रूपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व-पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ।

जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए। रासस


प्रकाशित : सोमबार, चैत १२ २०८०१५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend