आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

चालु आवमा पहिलोपटक ५ अर्बको २८ दिने ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भारित औषत ब्याजदर न्यूनतम बिन्दुतर्फ

images
images
images
चालु आवमा पहिलोपटक ५ अर्बको २८ दिने ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भारित औषत ब्याजदर न्यूनतम बिन्दुतर्फ
images
images

काठमाडौं- चालु आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले पहिलोपटक ५ अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल जारी गर्ने भएको छ।

images
images
images

ब्याजदर निरन्तररुपमा घट्दै गएकाले राष्ट्र बैंकले २८ दिने ट्रेजरी बिलको सट्टामा ९१ दिने, १८२ दिने र ६६४ दिने नयाँ ट्रेजरी बिल जारी गरेको थियो। चालु आर्थिक वर्ष राष्ट्र बैंकले ट्रेजरी बिलभन्दा पनि विकास ऋणपत्रलाई प्राथमिकता दिएको छ। 

images

यसअघि राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिको ट्रेजरी बिल जारी गर्दै २५ अर्ब रुपैयाँ सरकारलाई आन्तरिक उठाइदिएको छ।

images

राष्ट्र बैंकले मंसिर ५ गते ३ अर्ब रुपैयाँ, माघ १० गते ५ अर्ब रुपैयाँ र फागुन गते १५ अर्ब रुपैयाँ गरी १३ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गरेको छ। 

images
images

यस्तै मंसिर २६ गते ४ अर्ब रुपैयाँ र पुस २४ गते ३ अर्ब रुपैयाँ गरी ७ अर्ब रुपैयाँ बराबको १८२ दिने ट्रेजरी बिल जारी गरेको छ। चालु आर्थिक वर्ष साउन २३ गते २ अर्ब रुपैयाँ र असोज २ गते ३ अर्ब रुपैयाँ गरी ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गरेको छ। 

राष्ट्र बैंकले मंगलबार १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल, ६ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ। 

चैत ५ गते भएको बोलकबोलअनुसार २८ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर २.४८९१ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको भारित औषत ब्याजदर ३.१०४० र ३६४ दिने ट्रेजरी बिलको ब्याजदर ३.३१९२ प्रतिशतमा कायम भएको छ। 

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेकाले पछिल्लो समय ट्रेजरी बिल्सको ब्याजदर निरन्तररुपमा घटिरहेको छ।

images

प्रकाशित : सोमबार, चैत १२ २०८००२:४०

प्रतिक्रिया दिनुहोस