शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे, तीनसय सवारीसाधन नियन्त्रणमा

images
सोमबार, चैत १२ २०८०
images
होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे, तीनसय सवारीसाधन नियन्त्रणमा

लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाउनेलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको हो।

images
images

काठमाडौं- होलीमा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो।

images
images
images

गएराति छाडिएकामा एकसय दुई पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

images
images

'फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ। राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ', उनले भने।

images
images

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुईपांग्रे सवारी तीनसय वटा र चारपांग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो।

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागु गरेको थियो। विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो। रासस


प्रकाशित : सोमबार, चैत १२ २०८०१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend