आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

सरकारको ढुकुटीमा ३५ अर्ब रुपैयाँमात्रै, खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्दै

८४ अर्ब रुपैयाँमात्रै आन्तरिक ऋण उठाउन पाउने

images
images
images
सरकारको ढुकुटीमा ३५ अर्ब रुपैयाँमात्रै, खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्दै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको फागुन मसान्तसम्मको तथ्यांकले यस अवधिमा करिब २८ अर्ब रुपैयाँको मात्रै वैदेशिक ऋणको शोधभर्ना लिएको छ।

images
images

काठमाडौं- लक्ष्यअनुसार राजस्व संकलन नहुँदा संघीय सञ्चितिकोष व्यवस्थापनमा फेरि दबाब सृजना भएको छ। अर्थतन्त्रमा आएको संकुचनले भएर लक्ष्यअनुरुप राजस्व नउठ्दा सरकारको सञ्चितिकोषमा नगद मौज्दातको अभाव भएको हो।

images
images
images

सरकारले यस अवधिमा लक्ष्यअनुसारको वैदेशिक सहायताको शोधभर्ना नलिएकाले सरकारको ट्रेजरीमा रकम अभाव हुन थालेको हो। 

images

सरकारको पछिल्लो तथ्यांकअनुसार सेन्ट्रल ट्रेजरीमा करिब ३५ अर्ब रुपैयाँमात्रै नगद मौज्दात रहेको देखिन्छ। चालु आर्थिक वर्षको सुरुवातबाटै सरकारले संघीय सञ्चितिकोष आन्तरिक ऋण लिएर व्यवस्थापन गर्दै आएको छ। हालसम्म सरकारले करिब १ खर्ब ५४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ।

images

चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोले सरकारको आन्तरिक ऋणको पनि स्पेस घट्दै गएको छ। चालु आर्थिक वर्षको बाँकी अवधिमा सरकारले ८४ अर्ब रुपैयाँमात्रै आन्तरिक ऋण उठाउन पाउँछ। 

images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको फागुन मसान्तसम्मको तथ्यांकले यस अवधिमा करिब २८ अर्ब रुपैयाँको मात्रै वैदेशिक ऋणको शोधभर्ना लिएको छ। चालु आर्थिक वर्षको सरकारले २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेको छ। 

यस्तै सरकारले हालसम्म वैदेशिक अनुदानबाट करिब २ अर्ब ७६ करोड रुपैयाँमात्रै प्राप्त गरेको छ। सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान परिचालन गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यको ५.५२ प्रतिशत मात्रै प्राप्त गरेको छ। 

यस अवधिम सरकारले राजस्वबाट ६ खर्ब ५७ अर्ब र अन्य प्राप्तिमार्फत २२ अर्ब ११ करोड रुपैयाँगरी कुल प्राप्ति ६ खर्ब ८२ अर्ब रुपैयाँ गरेको छ। यसमा आन्तरिक ऋण र वैदेशिक ऋणको शोधभर्ना जोड्दा सरकारले करिब ८ खर्ब ६४ अर्ब रुपैयाँ आम्दानी गरेको छ। 

यस अवधिमा सरकारले ८ खर्ब २९ अर्ब रुपैयाँ कुल खर्च गरेको छ। सरकारको आम्दानीबाट खर्च घटाउँदा सरकारको संघीय सञ्चितिकोषमा करिब ३५ अर्ब रुपैयाँ नगद मौज्दात रहेको देखिन्छ। 

सरकारले चालु आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको विनियोजन प्रस्तुत गरेको थियो। जसमध्ये ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब २ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो।

जसमध्ये हालसम्म चालुतर्फ ५ खर्ब ९७ अर्ब रुपैयाँ, पुँजीगततर्फ ८७ अर्ब ४३ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च भएको छ।

images

प्रकाशित : सोमबार, चैत १२ २०८०११:३७

प्रतिक्रिया दिनुहोस