आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

भारतले फेरि प्याज निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ला?

images
images
images
भारतले फेरि प्याज निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ला?

तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। यसअघि गत मार्च ३१ सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो।

images
images
images

उक्त समयसीमा सकिनुअगावै भारतले शुक्रबार एक सूचना जारी गर्दै निर्यात प्रतिबन्ध अनिश्चितकालका लागि थप गरेसँगै नेपाली भान्सामा असर पर्ने देखिएको छ।

images

तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठूलो निर्यातकर्ता मानिएको भारतको यस्तो निर्णयले भारतबाट प्याज आयात गर्ने नेपाल सहितका देशहरुमा मूल्य बढ्ने अनुमान गरिएको छ।

images

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार नजिकिदै गरेको चुनावलाई लक्षित गर्दै आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले भारत सरकारले यस्तो निर्णय गरेको हो।

images
images

शुक्रबारको निर्णयसँगै भारतको स्थानीय मूल्य आधाभन्दा बढी घटेको उल्लेख गरिएको छ। करिब ९५ प्रतिशत भारतीय प्याज नै आयात भई बिक्री हुन्छ।

तथ्यांकअनुसार चैत ८ गते ७२ हजार किलो प्याज आयात भएकोमा ९ गते १ लाख २३ हजार किलो आयात भएको थियो।

नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ। यी क्षेत्रमा औसत २० हजार २ सय ५१ हेक्टरमा प्याज खेती हुन्छ। यसबाट करिब ३ लाख टन उत्पादन हुन्छ।

images

प्रकाशित : आइतबार, चैत ११ २०८००९:५७

प्रतिक्रिया दिनुहोस