काठमाडौं- नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ जाने यात्रु उडान समयभन्दा ६ घण्टाअगावै विमानस्थल पुग्नुपर्ने नयाँ नियम लागु भएको छ।
नेपाल एयरलाइन्सले १४ डिसेम्बर अर्थात मंगलबारबाट सुरु गर्ने उडानका लागि नयाँ नियम जारी गरेको छ।
यात्रुले नेपाल सरकारले तोकेको शूल्कमा विमानस्थलमै पिसिआर परीक्षण गर्नुपर्ने छ। विमानस्थल परिसरभित्र सञ्चालनमा आएका सबै ल्यावको परीक्षणले मान्यता पाउने भएका छन्।
एयरलाइन्सले लगातार ४ साता उडानका प्रतिबन्ध खेप्न परेपछि यस्तो नयाँ नियम लागु गरेको हो।