सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

होली पहिरनले भरिभराउ बजार, माग र व्यापार अत्यधिक

images
images
images
होली पहिरनले भरिभराउ बजार, माग र व्यापार अत्यधिक

सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ।

images
images

काठमाडौं- ‘होलीले मेरो रंगायो नयाँ चोली...!’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो। अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ।

images
images
images

अहिले चोली लगाउने चलन हराउँदै गएको छ। होलीमा सेतो टी-सर्ट र कुर्तामा युवापुस्ता रमाउन थालेका छन्।

images

बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ। यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोजिन्।

images

उनले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै थिइन्। 'सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइनँ', कोइरालाले भनिन्, 'टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ।'

images
images

भृकुटीमण्डपको कपडा बजार होलीका पहिरनले भरिभराउ छ। युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्ता रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताए। प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ।  

कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली। हाफ जिन्समा टिसर्ट लगाएर साथीसंगीहरुसँग रंगीन, रंग दल्न र नाचगान गर्न उनी निकै रुचाउँछिन्। अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रंग लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताइन्। उनले भनिन्, 'रंग खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ।'

बबरमहल बस्ने २४ वर्षीया आयुष्मा साहको स्थायी घर सिराहा हो। तराईमा होली सोमबार परेकाले उनले यो पर्व मनाउन घर जान लागेको सुनाइन्। घरमा सकेसम्म छोरीले कुर्ता नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्ता किन्ने उनले बताइन्।

'काठमाडौंमा टिसर्ट बढी किन्छन्। हामी कुर्ता रोज्छौँ। उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ', उनले भनिन्।

बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको बताए। एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उनको भनाइ छ। 'माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ', भुवनले भने, 'होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ।'

नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा संकेत टिसर्टमा प्रिन्ट गर्ने गरेको उनले बताए। 'नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ', उनले भने, 'सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ।'

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो?

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो भन्ने ठ्याक्कै भन्न नसकिए पनि पछिल्लो पुस्ता सेतो कपडामा रंगीविरंगी रंग पोख्न रुची राख्छन्। संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताए। 'जसरी कुनै सेतो क्यानभासमा अनेक रंगका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रंग भर्न सहज हुन्छ। यसका लागि नयाँ टिसर्ट वा कुर्ता नै चाहिन्छ भन्ने चाहि छैन', उनले भने।

नयाँ नै खोज्नु भनेको पुँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ। बाल्यकालको सम्झना गर्दै उनले भने, 'हामी सानो छँदा नयाँ लुगामा रंग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउथ्यौँ।'

अहिले समाज चाहिनेभन्दा बढी देखासिखीमा रमोलिएको उनको भनाइ छ। सेतो रंगको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नैपर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताए। पछिल्लो समय चलचित्रहरुले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उनको धारणा छ। होली पर्व अर्को अर्थमा रंगहरुको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताए। 'होली पर्वले रंगमा समानता महसुस गराउँछ', उनले भने।

होली पर्वका बारेमा थुप्रै मिथक छन्। हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रंग दलिदिएछन्। रंग लगाउँदा भागादौड भएछ। यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ। अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ। सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ। रासस

images

प्रकाशित : शनिबार, चैत १० २०८००५:००

प्रतिक्रिया दिनुहोस