शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

महाकालीमा सुरु भयो व्यावसायिक जलयात्रा

images
शनिबार, चैत १० २०८०
images
महाकालीमा सुरु भयो व्यावसायिक जलयात्रा

'महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन। अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ।'

images
images

काठमाडौं- महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ। नेपाल-भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो।

images
images
images

भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्‍याफ्टिङ गरिएको हो। उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ। परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो।

images
images

त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्‍याफ्टिङ गरेका थिए।

images
images

उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्‍याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए।

नाराका अध्यक्ष अधिकारीले र्‍याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिइ रोजगार सृजना गर्न सहयोग गर्ने बताए। उनले भने, 'महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन। अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ।' अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend