काठमाडौं- पछिल्लो समय एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स विकास र प्रयोग उल्लेख रुपमा बढ्दै गइरहेको छ। एआईको प्रयोग बढेसँगै कयौँ कामहरुमा मानव संशाधनको प्रयोगमा कमी आउँदै गएको छ।
कम्प्युटरको आविष्कार हुँदा पनि मानव रोजगारीमा संकट आउने आकलन गरिएको थियो। उक्त समयमा संसारभर अब मानिसको सबै काम कम्प्युटरको मद्दतबाट हुनेछ र मानिसहरुले रोजगारी गुमाउने ठूलो हल्ला चलेको थियो। त्यस्तै रोबोटको विकास हुँदा पनि यस्तै प्रकारको र्युमर चलेको थियो।
तर भएन त्यस्तो पनि र अब सायदै नहोला पनि। मानिसले विकास गरेको कुराले बरु मानिसकै कार्यशैली बदल्न र सहज बनाउनकै लागि उपयोग भइरहेको छ। मानिसको दिमागको काम फरक हो भने मानिसकै दिमाग प्रयोग भएर बनेका उपकरण, प्रविधिले उत्पादन, विस्तार र विकासमा सघाउ पुगिरहेको छ।
नयाँ प्रविधिको विकासले कामका नयाँ क्षितिजहरु भने पक्कै खुल्ने छन्। मानिसले प्रत्यक्ष शक्ति प्रयोग गरेर परिरहेका कामहरु प्रविधिको आविष्कार बनेका उपकरणहरुले गरिदिन थालेका छन्। मानिसका लागि अन्य खोज र नयाँ आविष्कारको अवसर दिइरहेका छन्।
त्यस्तैमा पछिल्लो पटक विकास भएको एआईले विद्यमान सयमा मानिसबाट हुँदै आएका कामहरु सजिलै र मानिसले भन्दा प्रभावकारी तरिकाले गर्ने देखिन थालेको छ।
कयौँ कामहरुमा एआईको प्रयोग हुन थालिसकेको छ। लार्ज ल्याङग्वेल मोडल्स (एलएलएमस्) र अन्य जेनेरेटिभ एआई विकास हुने क्रममै रहेकाले यसको प्रभाव परिसकेको छैन। तर यसको विकास तीव्र भएसँगै मानिसको रोजगारीमा राम्रै प्रभाव पार्ने देखिएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदनका आधारमा क्यापिटालिस्टले एआईले प्रभावित पार्नसक्ने मानव रोजगारीमा बारेमा उल्लेख गरेको छ।
यहाँ १९ हजार पेसाकर्मीहरु(डकुमेन्टसहित) एआईले राजगारीमा पार्ने प्रभावका बारेमा सोधेर अनुसन्धान गरिएको उल्लेख छ। यो रिसर्चमा कति कामका लागि मानिस नै आवश्यक पर्ने र कति काम एआईले गर्न सक्ने कुरालाई प्राथमिकता दिइएको थियो।
उल्लेखित विधिका आधारमा गरिएको अनुसन्धानपछि अनुसन्धाता कुन समूहमा काम गर्ने मानिसहरुको रोजगारी बढी जोखिममा रहेको र कुन समूहमा मानिसकै जरुरी धेरै पर्ने निष्कर्षमा पुगेका हुन्। यस्तो छ धेरै प्रभाव पर्ने रोजगारीका क्षेत्रहरुः
सूचना प्रविधि
अत्यधिक प्रभाव ७३ प्रतिशत, सामान्य प्रभाव- २६ प्रतिशत र प्रभाव पर्दैन- १ प्रतिशत
वित्तीय क्षेत्र
अत्यधिक प्रभाव ७० प्रतिशत, सामान्य प्रभाव- २१ प्रतिशत र प्रभाव पर्दैन- ९ प्रतिशत
उपभोक्ता बिक्री
अत्यधिक प्रभाव ६७ प्रतिशत, सामान्य प्रभाव- १६ प्रतिशत र प्रभाव पर्दैन- १७ प्रतिशत
अप्रेसन
अत्यधिक प्रभाव ६५ प्रतिशत, सामान्य प्रभाव- १८ प्रतिशत र प्रभाव पर्दैन- १७ प्रतिशत
एचआर
अत्यधिक प्रभाव ५७ प्रतिशत, सामान्य प्रभाव- ४१ प्रतिशत र प्रभाव पर्दैन- २ प्रतिशत
मार्केटिङ
अत्यधिक प्रभाव ५६ प्रतिशत, सामान्य प्रभाव- ४१ प्रतिशत र प्रभाव पर्दैन- ३ प्रतिशत
कानूनी
अत्यधिक प्रभाव ४६ प्रतिशत, सामान्य प्रभाव- ५० प्रतिशत र प्रभाव पर्दैन- ४ प्रतिशत
सप्लाइ चेन
अत्यधिक प्रभाव ४३ प्रतिशत, सामान्य प्रभाव- १८ प्रतिशत र प्रभाव पर्दैन- ३९ प्रतिशत
यो तथ्यांकमा अत्यधिक प्रभाव पर्ने भन्नाले त्यो काम पूर्णतः अटोमेडेड हुने वा प्रभावकारी रुपमा एआई प्रविधिले काम गर्नेछ। सामान्य प्रभावमा तत्कालै मानिसको रोजगारी ध्वस्त भइनहाल्ने भन्ने बुझाउँछ।
सूचना प्रविधि क्षेत्र (आईटी) र वित्तीय क्षेत्रको रोजगारीमा एआईको अत्यधिक प्रभाव पर्ने देखिएको छ। आईटी क्षेत्रमा एआईले सफ्टवेलको गुणस्तर कायम राख्न र कस्टमर सपोर्टमा स्वचालित हुनमा काम गर्नेछ।
त्यस्तै वित्तीय क्षेत्रमा एआईले बुककिपिङ, अकान्टिङ र अडिटिङमा राम्रो प्रभाव पार्ने अनुसन्धाताहरुले बताएका छन्।