बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

images
शनिबार, चैत १० २०८०
images
images
एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ। श्रमदानसहित एक करोड चार लाख रूपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो।  

images
images
images

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४सै घण्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताइन्।

images

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पूरा भएको हो। उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको ७३ लाख रूपैयाँ बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको ३१ लाख रूपैयाँ बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो।

images
images
images

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ।

ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए। रासस


प्रकाशित : शनिबार, चैत १० २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend