शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बैंकहरूमा तरलता झनै गहिरिँदै, एक महिनामै १२ अर्ब निक्षेप घट्यो

images
सोमबार, मंसिर २७ २०७८
images
बैंकहरूमा तरलता झनै गहिरिँदै, एक महिनामै १२ अर्ब निक्षेप घट्यो
images
images

काठमाडौं- मंसिर महिनामा पनि बैंकहरूमा निक्षेप बढ्ने छाँट देखिएको छैन। नेपाल बैंकर्स संघले दिएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको मंसिर महिनामा १२ अर्ब निक्षेप घटेको छ। मंसिर २४ गतेसम्मको तथ्यांकअनुसार ऋण प्रवाह भने ४२ अर्ब रुपैयाँ भएको छ।  

images
images
images

वाणिज्य बैंकहरूमा कात्तिक ३० गतेसम्म ४२ खर्ब ३३ अर्ब निक्षेप रहेकोमा मंसिर २४ मा आइपुग्दा ४२ खर्ब २१ अर्ब रुपैयाँ मात्रै रहेको छ। तर ऋण प्रवाह भने कात्तिक ३० गतेसम्म ४० खर्ब ३४ अर्ब रहेकोमा मंसिर २४ सम्म ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। 

images
images

चालु आर्थिक वर्षको निक्षेप जम्मा २० अर्ब रुपैयाँले मात्र बढेको छ। तर भने ऋण ३ खर्ब ५६ अर्ब रुपैयाँले वृद्धि भएको छ। निक्षेप घट्ने तर ऋण बढ्ने हुँदा बैंकहरूको सीडी रेसियो औषतमा ९१.४९ प्रतिशत पुगेको छ। पछिल्लो सातामा मात्र निक्षेप ५ अर्बले घटेको छ। 

images
images

मंसिर १७ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा २४ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।

संघका अनुसार एक साताको अवधिमा कर्जाको माग ८ अर्ब रुपैयाँले बढेको छ। मंसिर १७ गतेसम्म ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा एक साताको अवधिमा कर्जाको माग ८ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।

 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend