आइतबार, वैशाख १६ गते २०८१    
images
images

अघि बढ्यो अन्तर्राष्ट्रिय अडिटरमार्फत १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउने प्रक्रिया

images
images
images
अघि बढ्यो अन्तर्राष्ट्रिय अडिटरमार्फत १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउने प्रक्रिया
images
images

काठमाडौं- अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्ममार्फत नेपालका १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण गराउने प्रक्रिया अगाडि बढेको छ। विशेषगरी नेपालका १० ठूला वाणिज्य बैंकहरूबाट प्रवाह भएको कर्जाको लेखापरीक्षणका लागि राष्ट्र बैंकले आशयपत्र आह्वान गरेको हो। 

images
images
images

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र नेपाल सरकारबीच सम्झौता भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखापरीक्षण रहेको छ। 

images

नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको (लोन फोर्टफोलियो, एलपिआर) का लागि बोलपत्र आह्वान गरेको हो। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएका १० ठूला वाणिज्य बैंकका सूचीमा लेखापरीक्षण गर्नुपर्ने बताइएको छ। 

images

छनौट भएका अन्तर्राष्ट्रिय लेखा परीक्षकले सूचीमा परेका १० ठूला वाणिज्य बैंकहरूले लेखापरीक्षण गरी उनीहरूले प्रवाह गरेको कर्जाको मूल्यांकनसम्बन्धी प्रतिवेदन र नेपालको वित्तीय प्रणालीमा बैंकहरूको भूमिका तथा प्रभावसहितका दुईवटा एकीकृत अध्ययन प्रतिवेदन तयार पार्ने बताइएको छ। 

images
images

यस्तै छनौट भएका अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मले नेपालका बैंकहरूले अपनाएको लेखाप्रणाली, एनएफआरएस तथा आईएफआरमा उपलब्ध तथ्यांकका आधारमा कर्जाको मूल्यांकन हुने राष्ट्र बैंकले जनाएको छ। 

यस्तै कन्सल्टेन्ट लेखापरीक्षकले नेपालका बैंकहरूले नीति, प्रकृया तथा नियन्त्रण प्रणालीका आधारमा कर्जाको विश्लेषण गर्नेछ। 

यस्तै अन्तर्राष्ट्रिय लेखापरीक्षकले कर्जामा रहेको क्रेडिट रिक्सको मूल्यांकन, अनुगमन, नियन्त्रण र बैंकहरूको क्रेडिट रिस्क प्रणालीको अध्ययन गर्ने राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा भनिएको छ। 

अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनौट भएको लेखापरीक्षकले १० वाणिज्य बैंकको गुणात्मक तथा परिमाणात्मक समपरीक्षण गर्ने उल्लेख गरिएको छ। 

गुणात्मक समपरीक्षणअन्तर्गत बैंकहरूको क्रेडिट पोलेसी, गाइडलाइन्स र प्रोडक्ट पेपर, क्रेडिट रिस्क व्यवस्थापन, भूमिका, संरचना र जोखिम व्यवस्थापन तथा कार्यान्वयन प्रणाली, बैंकहरूको खराब कर्जा, सम्पत्ति मूल्यांकन तथा गुणस्तर र कर्जाको उपयोग तथा अनुगमन प्रणालीको अध्ययन गर्नेछ। 

यस्तै १० ठूला वाणिज्य बैंकबाट प्रवाह भएको कर्जाको वर्गीकरण, जोखिम भार, स्थानीय नियमन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन, कर्जा प्रवाह तथा लोन लस प्रोभिजनिङ लगायतका क्षेत्रमा गुणात्मक लेखापरीक्षण हुने राष्ट्र बैंकले जारी गरेको बोलपत्रमा उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय लेखापरीक्षकले आगामी अप्रिल ७ गतेसम्म नेपाल राष्ट्र बैंकको सार्वजनिक बोलपत्रसम्बन्धी वेबसाइटमा नि:शुल्करुपमा आशय पत्र (ईओआई) बुझाउनुपर्ने छ। 

प्राप्त ईओआईमध्ये ५० प्रतिशत क्षमता तथा योग्यता,४० प्रतिशत अनुभव र १० प्रतिशत कार्यक्षमताका आधारमा अन्तर्राष्ट्रिय लेखापरीक्षक छनौट हुने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम ७० प्रतिशत अंक पुर्‍याउने फर्मले मात्रै आशयपत्रमा भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ।

आगामी जुनबाट आईएमएफले १० ठूला वाणिज्य बैंकको अडिट गर्ने, राष्ट्र बैंकले थाल्यो तयारी आगामी जुनबाट आईएमएफले १० ठूला वाणिज्य बैंकको अडिट गर्ने, राष्ट्र बैंकले थाल्यो तयारी

images

प्रकाशित : शुक्रबार, चैत ९ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस