शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

प्रहरीका पेट्रोलपम्प चौबिसै घण्टा सञ्चालन हुने

images
बिहीबार , चैत ८ २०८०
images
प्रहरीका पेट्रोलपम्प चौबिसै घण्टा सञ्चालन हुने

यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए।

images
images

काठमाडौं- नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब चौबिसै घण्टा सञ्चालन हुने भएका छन्।

images
images
images

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि चौबिसै घण्टा सञ्चालन हुने भएका हुन्।

images
images

उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प चौबिसै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

images
images

यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए। 

उनले भने, 'मन्त्रीज्यूले चौबिसै घण्टा खुला गर्न आदेश दिनु भएसँगै हामीले पेट्रोलपम्प पम्प खुला गरेका छौँ।' रासस  


प्रकाशित : बिहीबार , चैत ८ २०८०१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend