शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

हिमाली भेगमा अस्वाभाविक प्रणाली : चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

images
बिहीबार , चैत ८ २०८०
images
हिमाली भेगमा अस्वाभाविक प्रणाली : चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे
फाइल तस्बिर

बर्सातको सिजनमा भारी हिमपात हुनु स्वाभाविक मान्न नसकिने किसान बताउँछन्। जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको उनीहरुको भनाइ छ।

images
images

सल्लेरी- सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्।

images
images
images

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ।

images
images

जमिन तातिएकाले केही समयमै हिउँ पग्लिएको शेर्पाले बताए। 'पूरै खुम्बु सेताम्मे बनेको छ। यहाँ हिउँले वनजंगल, घर, विद्यालय सबै ढाकिएको छ। बुधबार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। विद्यार्थीको परीक्षा चलिरहेकाले केही समस्या भइरहेको छ', उनले भने।

images
images

हिमपातपछि किसान भने खुसी भएका छन्। यतिखेर हिमाली भेगमा आलु रोप्ने समय भएकाले जमिन रसिलो हुने खुम्जुङकी ल्हेमी शेर्पाले बताइन्। चैतमा हिमपात भएपछि स्थानीयदेखि पर्यटन व्यवसायीसमेत आश्चर्यमा परेका उनको भनाइ छ। 

विगतमा पुस, माघमा पर्ने हिउँ अहिले चैतमा पर्नु स्वाभाविक मान्न नसकिने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा अस्वाभाविक प्रणाली देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

यस सिजनमा बर्सात हुनुपर्ने भए पनि नाम्चेसहितका क्षेत्रमा पुस, माघकै झल्को दिनेगरी भारी हिमपात भएको स्थानीय सांगे शेर्पाले बताए।


प्रकाशित : बिहीबार , चैत ८ २०८०१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend