शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन

images
बिहीबार , चैत ८ २०८०
images
बजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन

मुलुककै पुरानोमध्येको गण्डक जलविद्युतको १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ। उपकरण पनि पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन। मुलुककै पुरानोमध्येको उक्त जलविद्युतमा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ। 

images
images
images

प्रतापपुर गाउँपालिका-७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ। नेपाल-भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो।

images
images

करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए। उनका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रबाट अहिले चारदेखि पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ। तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो।

images
images

जलविद्युत् केन्द्रका अन्य उपकरण पनि पुरानो भएका छन्। 'केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो। केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ', प्रमुख भुसालले भने, 'विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।'

दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने-बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्तमात्रामा पानी नपाएको उनले गुनासो गरे। विद्युत्का विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ।

विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त केन्द्र जीर्ण बनेको छ। धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए। 'पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युत्लाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ', उनले भने।

यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ। जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उनले जानकारी दिए।

'गण्डक ब्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्राउने उपकरण भए पनि काम लाग्ने अवस्थामा छैन', प्रमुख भुसालले भने। अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता देखिएको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , चैत ८ २०८०१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend