शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

तीन करोड सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले हाल्यो शाखा अधिकृतविरुद्ध मुद्दा

images
बिहीबार , चैत ८ २०८०
images
तीन करोड सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले हाल्यो शाखा अधिकृतविरुद्ध मुद्दा

सेवाअवधिभर उनको आम्दानी तीन करोड चानचुन हुन आएकोमा खर्च भने आम्दानीको दोबर देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध मुद्दा दायर भएको छ। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंकरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ।

images
images

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ। सो अवधिमा कार्कीको कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार छ सय ४६ रूपैयाँ बराबर छ। यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले छ करोड ९८ लाख ४६ हजार छ सय तीन रूपैयाँ बराबर खर्च गरेको पाइएको छ।

images
images

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रूपैयाँ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , चैत ८ २०८०१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend