शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्रिय योजना आयोगको सदस्यमा चारजना नियुक्त

images
बिहीबार , चैत ८ २०८०
images
राष्ट्रिय योजना आयोगको सदस्यमा चारजना नियुक्त

बिहीबार बिहान सिंदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले योजना आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको रिक्त पदमा चार सदस्य नियुक्त गरेको छ। 

images
images
images

बिहीबार बिहान सिंदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले योजना आयोगको सदस्यमा प्रा संगीता सिंह, डा कुसेन्द्रबहादुर महत र डा अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको हो। 

images
images

यस्तै बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सातजना र नेपाली जना तीनजना गरी दशजना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ (६५९१ मिटर) र जुगल २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णयसमेत गरेको छ।

images
images

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।


प्रकाशित : बिहीबार , चैत ८ २०८०११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend