आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ८ २०८०
images
किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

इच्छाकामना गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ।

images
images

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ। गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो।  

images
images
images

गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो। इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन्।

images
images

खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ। गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए।

images
images

गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए। 

इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो। गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत ८ २०८००९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend