शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दफावार छलफलका लागि राष्ट्रियसभाबाट समितिमा पठाइयो सुरक्षित कारोबार विधेयक

images
बुधबार, चैत ७ २०८०
images
दफावार छलफलका लागि राष्ट्रियसभाबाट समितिमा पठाइयो सुरक्षित कारोबार विधेयक
फाइल तस्बिर

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

images
images
images

बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

images
images

बैठकले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतबाट स्वीकृत पनि गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयकमा सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भनी प्रस्ताव गरेकी थिइन्। रासस

images
images


प्रकाशित : बुधबार, चैत ७ २०८०१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend