शनिबार, असोज ५ गते २०८१    
images
images

यही वर्ष प्रतिव्यक्ति आय ११ प्रतिशत बढ्ने अनुमान 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २७ २०७८
images
images
यही वर्ष प्रतिव्यक्ति आय ११ प्रतिशत बढ्ने अनुमान 

तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १५ सय ९५ डलर पुग्ने अनुमान गरिएको छ। 

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगले यही वर्ष ११ प्रतिशतले बढेर प्रतिव्यक्ति आय १३ सय २२ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। 

images
images
images

मध्यकालीन खर्च संरचनामा आयोगले यस्तो अनुमान गरेको छ। गत वर्षको तुलनामा ११.०६ प्रतिशतले वृद्धि हुने आयोगको अनुमान छ। गत वर्षसम्म नेपालीको प्रतिव्यक्ति आय ११ सय ‍९६ अमेरिकी डलर रहेको आयोगकको अनुमान छ। 

तीन वर्षपछि नेपालीको प्रतिव्यक्ति आय १५ सय ९५ डलर पुग्ने अनुमान गरिएको छ। 

अर्थतन्त्रका अन्य सूचकहरूमा आर्थिक जोखिम अहिले २४.२ अंक रहेकोमा तीन वर्षपछि २३ अंकमा सीमित हुने र मानव सम्पत्ति सूचक ७५ बाट बढेर ७८ पुग्ने आयोगले अनुमान गरेको छ। 

images

चालु वर्ष आर्थिक वृद्धिदर भने ६.५ प्रतिशतमै सीमित हुने आयोगको अनुमान छ। यद्यपी यो अनुमान अघिल्लो वर्षको तथ्यांकमा आधारित रहेर गरिएको हो। सरकारले बजेटमा भने ७ प्रतिशतको वृद्धिदरको लक्ष्य लिएको छ। 

आगामी तीन वर्षमा कूल सार्वजनिक खर्च ५४ खर्ब ३८ अर्ब हुने यसमा १२ खर्ब  पुँजीगत खर्च हुने प्रक्षेपण गरिएको छ। 


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०७:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend