शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लामो समयपछिको वर्षा : मकै छर्न सहज, अलैँची र चियालगायत हिउँदेबालीको उब्जनी बढ्ने अपेक्षा

images
बुधबार, चैत ७ २०८०
images
लामो समयपछिको वर्षा : मकै छर्न सहज, अलैँची र चियालगायत हिउँदेबालीको उब्जनी बढ्ने अपेक्षा

उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडी तथा तराई क्षेत्रमा गहुँ, मकै, तोरीबालीका लागि राम्रो भएको छ।

images
images

इलाम- लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेषगरी अलैँची तथा चिया किसान खुसी भएका छन्।

images
images
images

किसान मात्रिका खतिवडाले पानी परेपछि मर्क छर्नका लागि सहज भएको बताए। 'चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ', उनले भने, 'लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो।'

images
images

इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ। 'पानी नपर्दा अलैँची सुक्न थालेको थियो। मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो। तर पानी परेपछि सबै किसानलाई सहज भएको छ', उनले भने।

images
images

बालीविद् डा डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडी तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ। 

'लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो। जसले गर्दा आलु, गहुँ, तोरीलगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो। तर हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ', उनले भने, 'कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ। 

आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाको भनाइ छ। 

'नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ', उनले भने, 'हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।' रासस


प्रकाशित : बुधबार, चैत ७ २०८०१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend