बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

नेपालगञ्ज-गुलरिया सडक धमाधम कालोपत्र हुँदै, यसवर्ष २० किलोमिटर सम्पन्न गर्ने लक्ष्य

images
बुधबार, चैत ७ २०८०
images
images
नेपालगञ्ज-गुलरिया सडक धमाधम कालोपत्र हुँदै, यसवर्ष २० किलोमिटर सम्पन्न गर्ने लक्ष्य

निर्माणका क्रममा हिलो र धुलो भए पनि अहिले पक्की बनेपछि सजिलो भएको स्थानीय बताउँछन्।

images
images

बाँके- हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज-गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ।

images
images
images

नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए। 'यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ', उनले भने, 'समयमै बजेट व्यवस्थापन हुनसकेमा आगामी एक वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ काम भइहेको छ।'

images

नन्दनी मिलबाट सुरु भएको कालोपत्रको काम अहिले जानकी गाउँपालिकाको मानपुर क्षेत्रसम्म पुगेको छ। सडक कालेपत्र भएपछि आवागमनमा सहज भएको जानकी गाउँपालिका-४ का स्थानीय अगुवा पदम धितालले बताए।

images
images
images

'सडक निर्माणको काम धमाधम भइरहेको छ, निर्माणका क्रममा हिलो र धुलो भए पनि अहिले पक्की बनेपछि सजिलो भएको छ', उनले भने, 'हुलाकी सडकले अब नेपालगञ्ज आउन जान धेरै सजिलो बनाएको छ।'

११ दशमलव ६ किलोमिटर चार‘लेन’ र १६ दशमलव दुई किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर  सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको हो।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रूपैयाँमा निर्माणको जिम्मा पाएको हो। एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, चैत ७ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend