शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पूर्वअर्थमन्त्री कार्की भन्छन् - निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ

images
मंगलबार, चैत ६ २०८०
images
पूर्वअर्थमन्त्री कार्की भन्छन् - निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ

पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने सांसद ज्ञानेन्द्रबहादुर कार्की बताउँछन्।

images
images

काठमाडौं- पूर्वअर्थमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्‌मा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद कार्कीले निवर्तमान अर्थमन्त्रीले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको बताए।

images
images

ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई ठीक ढंगले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताए।

images
images

अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उनले बताए। पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उनको भनाइ छ।

प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। उक्त विधेयक माथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजे बस्नेछ। रासस


प्रकाशित : मंगलबार, चैत ६ २०८०१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend