शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

images
मंगलबार, चैत ६ २०८०
images
images
सानिमा बैंकद्वारा सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकले सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएममार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

images
images

बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भइ पूर्णरुपमा अशक्त भएकाले उनलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्तरुपमा बीमा रकमको चेक हस्तान्तरण गरे।

images
images

दुर्घटनामा परेका टेकबहादुरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

images
images

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा, ३ लाख रूपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजार रूपैयाँको आवधिक जीवन बीमा र ५ हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालय तथा १ सय २४ वटा एटीएम सञ्चालनमा छन्। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend