बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

सत्ता गठबन्धनका नेताबीच साझा न्यूनतम कार्यक्रममा सहमति जुटाउन सकस

सचिवदेखि मन्त्रीसम्म घण्टौँदेखि पर्खाइमा

images
मंगलबार, चैत ६ २०८०
images
images
सत्ता गठबन्धनका नेताबीच साझा न्यूनतम कार्यक्रममा सहमति जुटाउन सकस

कार्यक्रमका लागि पुगेका सचिवहरु दुई घण्टादेखि नेताहरुको पर्खाइमा छन्। अहिले सहमतिकाे प्रयास जारी छ।

images
images

काठमाडौं- सत्ता साझेदारी दलहरुबीच सहमति हुन नसक्दा साझा न्यूनतम कार्यक्रम सार्वजनिक हुन सकेको छैन। 

images
images
images

मंगलबार दिउँसो २ बजे सार्वजनिक गर्ने भनिएको साझा न्यूनतम कार्यक्रममा सहमति नहुँदा ३ बजिसक्दा समेत ड्राफ्ट नै बन्न सकेको छैन। गठबन्धनमा विभिन्न विषयमा सहमति नजुट्दा शीर्ष नेताहरुको हस्ताक्षरसमेत हुन सकेको छैन।

images

कार्यक्रमका लागि पुगेका सचिवहरु दुई घण्टादेखि नेताहरुको पर्खाइमा छन्। अहिले सहमतिकाे प्रयास जारी छ।

images
images
images

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूलाई बुझाएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो।

उक्त कार्यक्रम आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने तयारी थियो तर अझै सहमति जुट्न नसकेको हो।

गत फागुन २१ मा सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादीबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी छन्।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल पनि छन्।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend