शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

‘ट्रान्सपोर्ट किङ’ सरदार प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसँग सम्झौता

images
मंगलबार, चैत ६ २०८०
images
‘ट्रान्सपोर्ट किङ’ सरदार प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसँग सम्झौता

काठमाडौंमा सम्पन्न व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो।

images
images

काठमाडौं- ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ’को रुपमा सम्मान गरिएको छ।

images
images
images

गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न व्यवसायी महासंघ  नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो।

images
images

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मुलुकको सडक पूर्वाधार सुरुवाती विकाससँगै २०१४ सालमा त्रिभुवन राजपथ हुँदै काठमाडौंसम्म मालवाहक सवारी साधनको रूपमा पहिलो मालवाहक ट्रक प्रवेश गराउने कार्य सरदार सिंहले गरेका थिए।त्यसको लगत्तै उनले थप आवश्यकताको महसुस गरी २०१५ सालमा थप ३ वटा ट्रक नेपाल ल्याएका थिए।

images
images

ढुवानीको महत्व प्रष्ट भइसकेको अवस्थामा २०१५ सालमा नेपालमा खाद्यान्न संकट हुँदा नेपाली नागरिकको जनजीवनलाई सहजीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल पब्लिक मोटर्स सर्भिस (एनपीएमएस) विधिवत रूपमा दर्ता कायम गरी नेपालमा एकै पटक १५० वटा ट्रकहरू सरकारी पहलमा नेपाल ल्याउँदा सरदार सिंहले प्रमुख भूमिका खेलेका थिए।

इतिहासको यही अध्यायले ढुवानीले व्यवसायको रुप लिदा अहिले राष्ट्र निर्माणमा नै गर्वलाग्दो भूमिका खेल्न सफल भएको भन्दै सरदार सिंहको योगदानको कदर गरिएको ढुवानी व्यवसायी महासंघले जनाएको छ।

साथै महाधिवेशन तथा वार्षिक साधारणसभाकै अवसरमा नेपालमा सुरक्षित ढुवानीको उपाय खोज्दै ढुवानी क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको सुक्ष्म अध्ययन गर्ने उद्देश्यका साथ गण्डकी विश्वविद्यालय र ढुवानी व्यवसायी महासंघ बीच सम्झौता समेत भएको छ। सम्झौतापत्रमा महासंघको तर्फबाट निवर्तमान अध्यक्ष विश्वनाथ खनाल र विश्व विद्यालयको तर्फबाट रजिस्ट्रार डाक्टर कैलाश तिमिल्सिनाले हस्तान्तरण गरेका थिए।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend