शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइयो

images
मंगलबार, चैत ६ २०८०
images
मिटरब्याजीको ११ करोड १५ लाखभन्दा बढीको मिलापत्र गराइयो
फाइल तस्बिर

ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरीले जनाएको छ।

images
images

जलेश्वर- महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी ११ करोड १५ लाख रूपैयाँभन्दा बढीको मिलापत्र गराइएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ रूपैयाँको मिलापत्र गराइएको हो। उनका अनुसार जिल्लामा कुल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९  निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो।

images
images

त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

images
images

अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ। निवेदनहरुमा मिलापत्र गर्ने/गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ।

पछिल्लो एक महिना (फागुनभरि) मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो। ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ रूपैयाँको मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो। रासस


प्रकाशित : मंगलबार, चैत ६ २०८०१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend