शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अनलाइन क्यासिनो गेम खेलाउने चारजना पक्राउ

images
मंगलबार, चैत ६ २०८०
images
अनलाइन क्यासिनो गेम खेलाउने चारजना पक्राउ

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

images
images
images

क्यास एपलगायतका एप्लिकेसनमार्फत हारजित हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको भन्दै प्रहरीले काठमाडौं बस्ने काभ्रेकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोककी २५ वर्षीया सारंगा गुरुङ, खोटाङकी २३ वर्षीया पूर्णीमा राई र नुवाकोटका २८ वर्षीय तेम्बा लामालाई आइतबार पक्राउ गरेको हो।

images
images

विभिन्न खेलहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाएर सट्टेबाजी गराइ खेल खेलाएको भन्ने सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुको साथबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान र मोबाइल ११ थान बरामद गरेको छ।

images
images

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend