बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

सिमेन्ट निर्यातमा उत्साह : ८ महिनामै २ अर्ब ४७ करोडको निर्यात

images
मंगलबार, चैत ६ २०८०
images
images
सिमेन्ट निर्यातमा उत्साह : ८ महिनामै २ अर्ब ४७ करोडको निर्यात

सरकारी तवरबाट पहिले विगतका पुरानो बाँकी रहेकाहरुलाई निर्यात अनुदान दिएपछि मात्रै सिमेन्ट उद्योगीले अनुदान तथा छुट पाउने बताइएको छ।

images
images

काठमाडौं- सिमेन्ट निर्यातमा उत्साह देखिएको छ। नेपालबाट अहिले भारततर्फ अर्घाखाँची, पाल्पा, सर्वोत्तमलगायतका उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन्।

images
images
images

चालु आर्थिक वर्ष  २०८०/०८१ को ८ महिना साउनदेखि फागुनसम्ममा नेपालबाट भारततर्फ २ अर्ब ४७ करोड १७ लाख ४२ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ।

images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २२ लाख ९६ हजार ९ सय ७३ टन सिमेन्ट तथा क्लिङकर भारत निर्यात भएको छ। सिमेन्ट निर्यातमा सरकारले अनुदान दिने घोषणासँगै सिमेन्ट निर्यातमा उत्साह सुरु भएको हो।

images
images
images

व्यवसायीले अहिलेसम्म गत आवको सिमेन्ट निर्यातबाट पाउनुपर्ने अनुदान तथा छुटहरू पाएका छैनन्। सरकारी तवरबाट पहिले विगतका पुरानो बाँकी रहेकाहरूलाई निर्यात अनुदान दिएपछि मात्रै सिमेन्ट उद्योगीले अनुदान तथा छुट पाउने  बताइएको छ। 

सरकारले अनुदात फिर्ताको कार्यविधि बनाएपनि कार्यान्वयनमा आएको छैन। व्यवसायीले अहिले अनुदान रकम पाउने आशामै उधारोमा सिमेन्ट निर्यात भइरहेको छ।

जतिसक्दो छिट्टो अनुदान फिर्ताको निर्णय कार्यान्वयनमा जान्छ त्यति निर्यातमा उत्साह हुने उद्योगीहरूको तर्क छ।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend