काठमाडौं- गृह मन्त्रालयले सहसचिव कोषहरी निरौलालाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ भने सहसचिव ध्रुवबहादुर खड्कालाई जिल्ला प्रशासन कार्यालय संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेको छ।
मन्त्रालयले मंगलबार विभिन्न जिल्लाका सीडीओसहित २२ पदाधिकारीको सरुवा तथा पदस्थापन गरेको हो। संखुवासभामा खड्कालाई ल्याउँदा त्यहाँका प्रजिअ शिवकुमार कार्कीलाई भने खोटाङमा सरुवा गरिएको छ।
यस्तै सहसचिव सूर्यबहादुर खत्रीको पदस्थापन जिप्रका अर्घाखाँचीमा सीडीओको रुपमा भएको छ भने त्यहाँका सीडीओ कमलराज ढकाललाई गृह मन्त्रालयअन्तर्गत सहसचिवमा सरुवा गरिएको छ।
कसको कहाँ सरुवा र पदस्थापन? हेर्नुहोस् सूची