शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
मंगलबार, चैत ६ २०८०
images
images
तोलामा सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार चारसय र सोमबार पाँचसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला सातसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुईसय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६ सय रूपैयाँ तोकिएको छ। 

images
images

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले बढेको महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

यो साता आइतबार १५ रूपैयाँले बढेको चाँदीको मूल्य सोमबार प्रतितोला १० रूपैयाँले घटेको थियो।


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend