काठमाडौं- गुडविल फाइनान्सले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। फाइनान्सले अव हुने साधारणसभा उक्त प्रस्ताव पेश गर्ने छ।
फाइनान्सको यो लाभांश ५ वर्षयताकै बढी हो। गत वर्ष १२ प्रतिशत लाभांश दिएको फाइनान्सले अघिल्लो वर्ष १० प्रतिशत मात्रै दिएको थियो।
सवैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ मा २६ प्रतिशत लाभांश दिएको थियो। यसवर्ष प्रस्ताव गरेको लाभांश स्थापनापछि दोस्रो धेरै लाभांश हो।