शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आधा दर्जन फर्मविरुद्ध ७९ करोड मागदाबी गर्दै राजस्व अनुसन्धान विभागले दायर गर्‍यो मुद्दा

images
सोमबार, चैत ५ २०८०
images
आधा दर्जन फर्मविरुद्ध ७९ करोड मागदाबी गर्दै राजस्व अनुसन्धान विभागले दायर गर्‍यो मुद्दा

विभागले पछिल्लो समय राजस्व चुहावट नियन्त्रणका लागि सक्रियता बढाएको छ।  राजस्व छली गरेर कारोबार गर्नेविरुद्ध मुद्दा दायर भइरहेको छ।

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले आधा दर्जन फर्मविरुद्ध ७९ करोड रुपैयाँ मागदाबी गरर मुद्दा दायर गरेको छ। राजस्व छली गरेर कारोबार गरेको पाइएपछि विभागले उक्त फर्महरूविरुद्ध मुद्दा दायर गरेको हो। 

images
images
images

विभागले उक्त फर्महरूले २०८० भदौ २१ गतेसम्म भीसीटीएस प्रणालीमा प्रविष्ट गरेको विवरण हेर्दा ६ करोड ६५ लाख २२  हजार ६ सय ६० रुपैयाँको मालवस्तु बिक्री र ६ लाख ४९ हजार ४ सय रुपैयाँ बराबरको मालवस्तु बिलबिनै खरिद गरेको देखिएको जनाएको छ। 

images
images

ययरी करदाताले भन्सार चोरीपैठारी गरेर मालवस्तुको कारोबार गरि राजस्व चुहावट गरेको देखिएकाले उक्त फर्मले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरि ऐनको विभिन्न व्यवस्थाको उल्लंघन भएकाले सन्दिप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मको प्रोपाइटर बिमलावती देवी चौधरी कुर्मीबाट बिगोसहित १२ करोड ८५ लाख २६ हजार ३ सय ८० रुपैयाँ र ऐनको अन्य व्यवस्था अनुसार कारबाही गरिपाउँ भनि विभागले उच्च अदालत बुटवलमा अभियोग दायर गरेको हो। 

images
images

त्यस्तै भीसीटीएस प्रणालीमा खरिद बिक्री विवरण गुरु इम्पेक्स, शुभश्री इन्टरप्राइजेज, न्यु कञ्चन इन्टरप्राइजेज, न्यू एसकुमार इन्टरनेसनललाई राजस्व छलिगरेको आरोपमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताएका हुन्। विभागले पछिल्लो समय राजस्व चुहावट नियन्त्रणका लागि सक्रियता बढाएको छ। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend