बुधबार, माघ ९ गते २०८१     १६ : १४ : ५६
बुधबार, माघ ९ २०८१
images
images

सहुलियत पाएको कर्जा दुरुपयोग गरेमा सहुलियतसमेतलाई साँवा कायम गरी ब्याज असुल गरिने

images
सोमबार, चैत ५ २०८०
images
images
सहुलियत पाएको कर्जा दुरुपयोग गरेमा सहुलियतसमेतलाई साँवा कायम गरी ब्याज असुल गरिने

कुनै सहुलियतमा लिएको कर्जा ऋणीले दुरुपयोग वा अपचलन गरेमा छुट ब्याज वा अन्य सहुलियतलाई साँवा कायम गरी त्यस्तो साँवाको सम्पूर्ण अवधिको ब्याज तथा हर्जानासमेत असुल गर्न सकिने व्यवस्था गर्न लागिएको हो।

images
images

काठमाडौं- सहुलियत पाएको कर्जा दुरुपयोग गरेमा सहुलियतसमेतलाई साँवा कायम गरी ब्याज असुल गरिने व्यवस्था गर्न लागिएको छ। 

images
images
images

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई शंसोधन गर्न प्रतिनिधिसभामा दर्ता भएको विधेयकअनुसार नयाँ व्यवस्था थप गर्न लागिएको हो। 

images

कुनै सहुलियतमा लिएको कर्जा ऋणीले दुरुपयोग वा अपचलन गरेमा छुट ब्याज वा अन्य सहुलियतलाई साँवा कायम गरी त्यस्तो साँवाको सम्पूर्ण अवधिको ब्याज तथा हर्जानासमेत असुल गर्न सकिने व्यवस्था गर्न लागिएको हो। 

images
images
images

'नेपाल सरकार, प्रदेश सरकार वा राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्र भनी वा कुनै सहुलियत दिइ प्रवाह गरेको कर्जा ऋणीले दुरुपयोग वा अपचलन गरेमा वा त्यस्तो ऋणीले तिर्नु वा बुझाउनु पर्ने राजस्व वा शुल्क छल्ने उद्देश्यले कुनै कार्य गरेको पाइएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले त्यस्तो कर्जा बापत निजले पाएको छुट ब्याज वा अन्य सहुलियतलाई साँवा कायम गरी त्यस्तो साँवाको सम्पूर्ण अवधिको ब्याज तथा हर्जाना समेत असुल गरी सम्बन्धित ऋणीले जुन निकायबाट त्यस्तो छुट वा सहुलियत प्राप्त गरेको हो सोही निकायलाई फिर्ता गर्नु पर्नेछ' विधेयकमा उल्लेख छ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै संसदमा दर्ता भएर सैद्धान्तिक स्वीकृतिपछि अर्थ समितिमा पठाएको विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको थियो। अब पुन: संसदमा पुगेको हो। 


प्रकाशित : सोमबार, चैत ५ २०८०१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend