आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कनकाईका किसानले गरे डेढ करोडको विषादीरहित तरकारी उत्पादन

images
सोमबार, चैत ५ २०८०
images
कनकाईका किसानले गरे डेढ करोडको विषादीरहित तरकारी उत्पादन

सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खानयोग्य भने पनि अनुगमनका क्रममा चारदेखि दुई प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ।

images
images

झापा- कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख रूपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन्। नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग-सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाई नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए।

images
images
images

'विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ', उनले भने, 'तालिम लिएसँगै किसानले तरकारीखेती गरिरहेका छन्।' विषादीको प्रयोगले उपभोक्तामा गम्भीर असर पर्ने थाहा पाएसँगै यहाँ किसान विषादीरहित तरकारी उत्पादनमा लागेको उनको भनाइ छ। नगरपालिकाले दिएको तालिमले किसानले गुणस्तरीय र विषादिरहित तरकारी उत्पादन गर्न सक्षम हुनुका साथै कार्यालय स्थापना गरेर कृषिकर्ममा लाग्न सक्षम भएको उनले बताए।

images
images

कृर्षिकमा विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विशवास बढेको उनले बताए। विषादीरहित तरकारी उत्पादन भएसँगै बजारको अभाव नभएको उनको भनाइ छ। 'जहाँ-जहाँ विषादीरहित तरकारी उत्पादन हुन्छ, त्यो ठाउँमा व्यापारी गाडी लिएर पुग्ने गरेका छन्', कृषि शाखा प्रमुख उप्रेती भन्छन्, 'जसले किसानलाई तरकारी उत्पादनमा थप ऊर्जा मिलेको छ।'

images
images

सरकारले तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म रहे खानयोग्य भने पनि अनुगमनका क्रममा चारदेखि दुई प्रतिशत मात्र विषादीको मात्रा पाइएको नगर कृषि शाखाले जनाएको छ। नगरले कृषि समूह बनाएर तालिम दिने गरेको छ। हालसम्म सात वटा कृषि समूहले २१ बिघामा तरकारीखेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ। नगरले नमुना खेतीका लागि आवश्यक बीउ, मल, प्राविधिक सहयोग गरिरहेको छ। 

यस वर्ष नगरले दिएको पाँच मन बीउ आलुको बीउबाट किसान समूहले एक सय २५ मन आलु फलाएका छन् भने गोलभेडा, बन्दा, लहरेबाली, काँक्रा, लौका, गाँजर, आलुलगायतका तरकारीखेती पनि गरिरहेका छन्। विषादीयुक्त खाद्यवस्तुले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले योजना नै बनाएर अघि बढेको नगर प्रमुख राजेन्द्र पोखरेल बताउँछन्।

'मानव जीवनका लागि अत्यावश्यक वस्तु नै विष सरह बन्दै गएको छ', उनले भने, 'समृद्धिको महत्वपूर्ण सूचक स्वास्थ्य हो, स्वस्थ्य हुन स्वस्थ खाना चाहिन्छ, त्यसका लागि कृषि क्षेत्रलाई विषादीमुक्त बनाउन जरुरी छ, हाम्रो अभियान पनि त्यही हो।'

नगरमा सिँचाइ सुविधा वृद्धि गर्न प्रत्येक वर्ष सिँचाइ मोटर वितरण गर्दै आएको छ। गतवर्ष ५० लाख रूपैयाँको सिँचाइ मोटर वितरण गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा करिब रु ७० लाखको सिँचाइ मोटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ। कनकाईमा करिब दुई हजार पाँच सय बिघा खेतीयोग्य जमिन रहेको कृषि शाखाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend