शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बीमामा आबद्ध अस्पतालले सातामा एकदेखि तीन दिनसम्म ओपीडी सेवा सञ्चालन गर्नुपर्ने

images
सोमबार, चैत ५ २०८०
images
बीमामा आबद्ध अस्पतालले सातामा एकदेखि तीन दिनसम्म ओपीडी सेवा सञ्चालन गर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डमा हाल करिब चारसय ४० अस्पताल आबद्ध छन्।

images
images

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरंग विशेषज्ञ सेवा (ओपीडी) सञ्चालन गर्न आग्रह गरेको छ। 

images
images
images

बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताइन्।

images
images

उनका अनुसार एकसय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्यासम्मको अस्पतालले हप्तामा दुईदिन र तीन सय शय्या वा सोभन्दा माथिका अस्पतालले हप्तामा तीनदिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने छ।

images
images

साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताए। उनका अनुसार हाल बोर्डमा करिब चारसय ४० अस्पताल आबद्ध छन्। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend