मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
सोमबार, चैत ५ २०८०
images
images
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध  भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार बिगो कायम गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

images
images

आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार आठ सय ९५, तत्कालीन इन्जिनियर सत्यपाल सौरभविरुद्ध ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिमविरुद्ध तीन लाख तीन हजार सात सय ९७ रूपैयाँ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

images
images

ईशनाथ-५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर  र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ। रासस 

images
images
images


प्रकाशित : सोमबार, चैत ५ २०८०१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend